प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
shilapatra.com · Sat Jun 13 07:45:00 GMT 2026

भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् ।