मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना संक्रमणका कारण एमाले नेता चौलागाईंको निधन 

nayapatrikadaily.com · Wed May 12 00:25:00 GMT 2021

नेकपा एमालेका नेता तथा बागमती प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।

दोलखाको वैतेश्वर गाउँपालिकामा घर भएका चौलागाईं कोरोना संक्रमण भएपछि केही दिनदेखि काठमाडौं स्थित मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए ।एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)