मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गते

gorkhapatraonline.com · Wed Jan 11 01:16:40 GMT 2023

काठमाडौँ, पुस २७ गते । प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले माघ ५ गते सभामुखको निर्वाचन गर्ने मिति तोक्नुभएको हो ।

प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । बैठकको निर्देशनअनुसार अब सचिवालयका महासचिव डा. भरतराज गौतमले चुनावी कार्यतालिका प्रकाशन गर्नुहुनेछ । माघ ३ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्न बैठकले नै निर्देशन दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)