ओझेलमा हुलाक सेवा
rajdhanidaily.com · Wed Oct 12 23:19:45 GMT 2022
विश्वमा सञ्चार माध्यममा सबैभन्दा पहिले हुलाक सेवाको सुरुवात भएको इतिहास छ । यसरी, सञ्चारको औपचारिक सुरुवात हुलाकबाट भएको थियो । पहिले, हालखबरको समाचार एक ठाउँबाट अर्को ठाउँमा खबर आदानप्रदान गर्ने चिठीपत्रको प्रयोगलाई हुलाकले व्यवस्थित गर्ने प्रचलन थियो । यसै सन्दर्भमा हुलाकभन्दा अगाडि सूचनाको माध्यममा घोडा, परेवा, पशुपंक्षीहरूजस्ताबाट सञ्चारको कार्य गर्ने प्रचलन रहेको किंवदन्ती छ । फलतः इन्टरनेटकै कारणले गर्दा आज विश्वको आयातन साँघुरिएको छ । हाल आएर संसारकै एक कुनादेखि अर्को कुनासम्म सञ्चार माध्यम सहज भएको छ । यी प्रविधिको कारणले गर्दा सम्भावनाका अनेक द्वार खुलेका छन् ।
तसर्थ, दैनिक जीवनयापनदेखि वित्तीय अभ्यास र राजनीतिकवृत्तमा समेत इन्टरनेटले खेलेको भूमिकालाई सीमित शब्दले व्याख्या गर्न असम्भवप्रायः भएको छ । यसरी, विद्युत् चुम्बकीय तरंगमार्फत संसारभर छरिएका सूचना र हातहातमा बोक्न मिल्ने ल्यापटप र मोबाइलजस्ता उपकरणहरूले इन्टरनेटको साम्राज्य निर्माण गरेको छ । अब इन्टरनेटबिनाको संसार अकल्पनीय भइसकेको छ । यसर्थ, महिनौं लगाएर आउने चिठीपत्रको प्रतीक्षामा बस्ने पुस्ता आप्mनो जीवनको उत्तराद्र्धमा परदेश बस्ने नातिसँग भिडियो च्याट गर्ने भएको छ । मूलतः इन्टरनेटकै माध्यमबाट सूचना आज सर्वव्यापी भएको छ । संसारको जुनसुकै कुनामा भएका घटनाको सूचना आज मिनेटभरमा संसारभर फैलिन थालेको छ । कुनै पनि घटनाप्रति इन्टरनेटकै माध्यमबाट दिइने प्रतिक्रियाले निकै चर्को दबाब सिर्जना गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)