मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचारप्रसार व्यवस्थाबारे दलको असन्तुष्टि

gorkhapatraonline.com · Tue Oct 18 00:44:19 GMT 2022

काठमाडौँ, कात्तिक १ गते । निर्वाचन आचारसंहिताको प्रतिबन्धात्मक केही व्यवस्थाले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार कार्यक्रम प्रभावित भएका छन् । विगतमा उम्मेदवारी दर्ता गरेदेखि नै क्षेत्रीय तथा जिल्लास्तरीय सभा, जुलुस गर्दै आएका राजनीतिक दल यतिबेला मौन भएर बसेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन प्रचारप्रसारसम्बन्धी यसप्रकारको व्यवस्थाले केही असर गरे पनि दलहरू सभा तथा जुलुसका लागि आन्तरिक तयारीमा जुटेको बताउनुभयो । निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा र कोणसभा गर्न पाउने व्यवस्था गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)