मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नासोसम्बन्धी करार

abhiyandaily.com

करारकर्ताको अधिकार र दायित्व

आफ्नो हक अधिकार र स्वामित्वमा रहेको वस्तु पछि फिर्ता लिने गरी कसैले कसैलाई विश्वासका आधारमा राख्न दिन्छ भने त्यो नासो हो । कुनै पनि व्यक्तिहरूका बीच कुनै वस्तु आफूलाइ नै फिर्ता दिने वा निजले अह्राएबमोजिम अन्य कसैलाई हस्तान्तरण वा विक्री गर्ने गरी कुनै वस्तु राख्न दिएकोमा नासोसम्बन्धी करार भएको मानिन्छ । रू. २५ हजारभन्दा बढी मूल्य पर्ने वस्तु नासोको रूपमा लेनदेन गर्दा भने अनिवार्य रूपमा लिखत गराउनुपर्ने कानूनी प्रावधान रहेको छ । करार ऐन २०५६ आउनुअघि मुलुकी ऐन २०२० ले यस विषयलाई व्यवस्थित गरेको थियो । हालको मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ८ को दफा ५७५ देखि ५८४ सम्ममा यस सम्बन्धमा व्यवस्था गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)