टेलिकमले फेरि किन रोक्यो फाइभजी सेवाको परीक्षण ?
onlinekhabar.com · Sun Feb 05 17:10:23 GMT 2023
२२ मंसिर, काठमाडौं । नेपाल टेलिकमले आजदेखि सुरु गर्ने भनेको फाइभजी सेवाको आन्तरिक परीक्षण अन्तिम समयमा फेरि रोकिएको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्ने तय गरेको थियो ।
तर, परीक्षण रोकिएकाबारे वार्षिकउत्सव कार्यक्रममा संस्थाले कुनै जानकारी दिएन । कार्यक्रममा बोलेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र सञ्चार सचिव तथा नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष बैकुण्ठ अर्यालदेखि नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलसम्मले फाइभजी सेवाको नाम नै लिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)