मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजेश हमाल पनि दौडने नेपालगञ्ज म्याराथनमा स्कर्टिङ गर्दै साइकलयात्री शाह

nepalsamaya.com · Tue Nov 09 19:20:00 GMT 2021

काठमाडौं- मंसिरको पहिलो शनिबार (चार गते) आयोजना हुने नेपालगञ्ज म्याराथनमा साइकलयात्री पुस्कार शाहले स्कर्टिङ गर्ने भएका छन्। मंगलबार आयोजक क्रियटिभ ह्यान्डसले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै शाहले स्कर्टिङ गर्ने जानकारी दिएको हो।

‘क्रियटिभ ह्याण्डस्ले पर्यावरणतर्फ ध्यान दिदै म्याराथनको धावकको साइकलबाट स्कटिङ गराउदै आएको छ। गतवर्षको म्याराथन विजेता गोपीचन्द्र पार्कीको साइकलयात्री यमलाल रसाइलीले स्कटिङ गर्नु भएको थियो। एक जना म्याराथन धावकको एकजना साइकलयात्रीबाट स्कटिङ हुने गर्दछ,’ उसले विज्ञप्तिामा लेखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)