मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित

rajdhanidaily.com · Tue Nov 09 23:35:43 GMT 2021

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो ।

संघका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसैगरी, संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)