भृकुटीमण्डपको व्यापार मेलामा आकर्षक छुटले ग्राहकको भीड
thahakhabar.com
काठमाडौं : नेपालका ख्यातीप्राप्त ब्राण्डहरूले काठमाडौंको भृकुटीमण्डपस्थित सानो चौरमा गरिरहेको बृहत जुत्ताचप्पल व्यापार मेलामा भीड बढेको छ। जाडो याम लक्षित गरी आयोजित मेलामा बलिया र आकर्षक डिजाइनका जुत्ताचप्पल सस्तो मूल्यमा उपलब्ध गराएकाले ग्राहकहरूको भीड बढेको आयोजक बताउँछ।
लगाउन हलुका, लचकदार भएकाले नेपाली जुत्ता किन्न आउनेको रोजाइमा पर्ने गरेको छ। भृकुटीमण्डपको प्रवेशद्वारबाट पस्नासाथ सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर सुज, हाइलाइफ, वान वर्ल्ड सुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज र हिमानी कलेक्सनको सहभागिता रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)