मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदीले जर्जिया मेलोनीलाई दिए टफी, सामाजिक सञ्जालमा ‘मेलोडी’ ट्रेन्डमा

ratopati.com · Wed May 20 12:35:16 GMT 2026

नयाा दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबिचको मैत्रीपूर्ण सम्बन्ध फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यसपटक चर्चाको कारण कुनै ठुलो राजनीतिक घोषणा नभई एउटा सामान्य 'मेलोडी' टफी बनेको छ ।

रोम भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले मेलोनीलाई भारतमा लोकप्रिय 'मेलोडी' टफी उपहार दिएका थिए । त्यसपछि मेलोनीले उक्त उपहार हातमा समाउँदै खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । यो भिडियो छिटै नै भाइरल भयो र इन्टरनेटमा 'मेलोदी' ट्रेन्ड चल्न थाल्यो ।

भाइरल भिडियोमा मेलोनी मुस्कुराउँदै 'पीएम मोदीले हामीलाई एउटा गिफ्ट ल्याउनुभएको छ, यो मेलोडी हो' भन्दै टफी देखाएको देखिन्छ । उनले भिडियो पोस्ट गर्दै 'गिफ्टका लागि धन्यवाद' लेखेकी थिइन् । छोटो समयमै उक्त भिडियो लाखौँ पटक हेरिएको छ भने विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा हजारौँ प्रतिक्रिया आएका छन् । मोदी र मेलोनीबीचको मैत्रीपूर्ण सम्बन्धलाई जोडेर केही वर्षअघि सामाजिक सञ्जाल प्रयोगकर्ताले 'मेलोनी' र 'मोदी' लाई मिलाएर 'मेलोदी' भन्ने नाम चलाएका थिए । अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दुवै नेताको सहज र हाँसिलो प्रस्तुतिपछि यो शब्द भाइरल बनेको थियो । अहिले मेलोडी टफीको उपहारसँगै त्यो ट्रेन्ड फेरि फर्किएको छ ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले 'क्युट डिप्लोमेसी', 'सफ्ट पावरको मिठो उदाहरण' तथा 'इन्टरनेटको सबैभन्दा स्वीट राजनीतिक क्षण' भन्दै कमेन्ट गरिरहेका छन् । एक्स, इन्स्टाग्राम र टिकटकमा मेलोडी टफीसँग सम्बन्धित मीम, एडिटेड भिडियो र व्यंग्यात्मक पोस्टहरूको बाढी आएको छ । इटाली प्रधानमन्त्री मोदीको पाँच देशीय युरोप भ्रमणको अन्तिम गन्तव्य हो ।

यसअघि उनले नर्वे, स्विडेन, नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतले विभिन्न देशसँग हरित प्रविधि, ऊर्जा, लगानी तथा रणनीतिक सहकार्यसम्बन्धी सम्झौता गरेको जनाएको छ ।

यद्यपि कूटनीतिक रूपमा महत्वपूर्ण रहेको यो भ्रमणमा सबैभन्दा बढी चर्चा सानो टफीले पायो । अन्तर्राष्ट्रिय राजनीतिमा प्रायः औपचारिक बैठक, सुरक्षा र व्यापार सम्झौताले स्थान पाउने भए पनि मोदी–मेलोनीबिचको यो अनौपचारिक क्षणले सर्वसाधारणको ध्यान तानेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)