मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठक सुरु

nepalpress.com · Sat Jun 13 08:04:54 GMT 2026

काठमाडौं । अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समिति बैठक काठमाडौंमा सुरु भएको छ।

बैठक काठमाडौंको सेन्ट्रल कलेजमा जारी छ।

बैठकको उद्घाटन नेता वर्षमान पुनले गरे। बैठकले संगठन सुदृढीकरण, शैक्षिक आन्दोलनको भावी रणनीति तथा समसामयिक राजनीतिक विषयमा निर्णय लिने जनाइएको छ।

बैठकमा सदस्यता नवीकरण तथा पुनर्गठन, प्रदेश, जिल्ला, पालिका, क्याम्पस तथा इकाई तहको संगठनात्मक अवस्थाको समीक्षा, वैचारिक तथा राजनीतिक प्रशिक्षण, आर्थिक तथा संगठनात्मक प्रतिवेदन, शैक्षिक आन्दोलनका आगामी कार्यक्रम तथा राष्ट्रिय राजनीति र जनजीविकासँग सम्बन्धित समसामयिक विषयमा छलफल हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय