मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेन्ट लागेर काभ्रेमा १ को मृत्यु 

ekantipur.com · Sat Jul 08 17:00:55 GMT 2023

काभ्रे — करेन्ट लागेर काभ्रेमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिका-४ स्थित राईडाँडाकी ६५ वर्षीया मैना कोइराला रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

शनिबार दिउँसो सवा १ बजेतिर मकैबारीमा घाँस काट्न जाँदा बदेलको लागि थापेको पासोमा करेन्ट लागि कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, कोइरालाको घटनास्थलमै मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)