विपद्को पीडाबीच नेपालको प्रतिनिधित्व गर्न विश्वकपतर्फ नेपाली पिकलबल टोली
kalakarmi.com · Fri Aug 28 03:05:58 GMT 2026
काठमाडौं- पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहिवार भियतनाम प्रस्थान गरेको छ । टोलीले विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पिकलबल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।
नेपाली टोलीलाई पिकलबल एसोसियसन नेपालका उपाध्यक्ष टिका भण्डारी लगायत पदाधिकारी तथा शुभेच्छुकहरूले विदाई गरेका थिए । विदाईका क्रममा टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम र झण्डा उचो राख्न खेलाडीहरूलाई हौसला प्रदान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)