मौरीपालन व्यवसायमा रमाउँदै सार्की शाही
deshsanchar.com · Mon Apr 15 17:15:36 UTC 2024

मुगु – कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिनाका सार्की शाही आफ्नो घरमुनिको बारीमा घरको छतमा र बनका ओडारमा मौरी पालन शुरू गरी दिनभर मौरीकै स्याहारमा रमाउँदै आएका छन्।
उनले यस मौरी पालन व्यवसाय शुरू गरेका १६ वर्ष पुगिसकेको छ। उनले भने “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेको हुँ। तर बाख्रा पालन केही बर्ष अगाडि छाडिसकेको र मौरी पालनमा मात्र खटिदै आएको शाही बताउनु हुन्छ। यस पेशामा उनकी श्रीमती दूधकेशा शाहीको को भरपुर साथ र सहयोग रहँदै आएको छ। अहिले शाहीको मौरी फर्ममा १ सय घार मध्ये ५० जति मौरी सहितका घार छन्। उनले ले धेरै दुख गरेर बाख्रा पालन गर्नुभन्दा मौरीपालन बाट राम्रो आम्दानी हुने भएकोले बाख्रा पालन व्यवसाय छाडेर सबै समय यश मौरीको स्याहारमै लगाउँदै आएको र मौरी पालन बाट धेरै दुःख नहुने र बर्षमा दुई पटक कार्तिक र जेठ महिनामा मह निकाल्न मिल्ने भएकाले बसी, बसी मनग्य आम्दानी हुने शाही बताउनु हुन्छ बर्षमा सय २५० देखि ३ सय केजी मह उत्पादन हुँदै आएको शाही बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)