धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार
nepaltvonline.com · Tue Jan 02 23:44:40 GMT 2024
धनकुटा- आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो ।
दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)