कर्णालीमा एमाले–माओवादी रस्साकसी
ekantipur.com · Fri Mar 08 01:19:52 GMT 2024
वीरेन्द्रनगर — केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि माओवादी र एमालेमा मुख्यमन्त्रीका लागि रस्साकसी सुरु भएको छ । वर्तमान मुख्यमन्त्री राजकुमार शर्माकै सरकार जोगाइराख्ने दाउमा माओवादी लागिरहँदा एमाले भने आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने दाबी गर्दै आएको छ ।
माओवादी भने गत वर्ष पुस २७ मा भएको पुरानै सम्झौताअनुसार अघि बढ्नुपर्ने र आफ्नै नेतृत्वमा सरकारमा जानुपर्ने अडानमा छ । दुवै पार्टीका नेताहरू नेतृत्वका लागि केन्द्रीय नेतृत्वसँग निरन्तर लबिइङमा छन् । गत वर्ष पुस १० मा एमाले–माओवादीसहितको केन्द्रमा नयाँ समीकरण बनेपछि एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको थियो । त्यसैअनुरूप माओवादीका शर्मा मुख्यमन्त्री बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)