आईपीएल : हैदरावादमाथि कोलकाताको जित
baahrakhari.com · Sun Apr 11 17:43:00 GMT 2021
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले सुखद सुरुवात गरेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदरावादमाथि शानदार जित निकाल्दै कोलकाताले लिगमा उत्कृष्ट सुरुवात गरेको हो ।
एमए चिदमबर्मा स्टेडियमा कोलकाताले दिएको १८८ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि मनिस पान्ड्या र जोनी बेरिस्टोले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका मनिसले २ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए । त्यस्तै ४० बल खेलेका बेरिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)