मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेठो पार्टीको पुरानै ढर्रा : पानीट्यांकीमा प्वाल पारेर मतपेटिका तयार 

nayapatrikadaily.com · Sun Dec 12 01:55:00 GMT 2021

आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिले भोट हाल्दै छन् । तर, देशको सबैभन्दा जेठो पार्टीले प्रविधिको यो जमानामा मतदानको पुरानै अभ्यास दोहोर्‍याउँदै छ ।

कागजी मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान हुनेछ । उक्त मतपत्र खसाल्न पानीट्यांकीको मतपेटिका बनाएको छ । हरियो रंगका पानीट्यांकीको बिर्कोमा मत खसाल्न मिल्ने गरी प्वाल पारेर मतपेटीका बनाएको हो । ‘पानीट्यांकीलाई मतपेटिका बनाएर मतदानको व्यवस्था गरेका छौँ । यस्ता ट्यांकी सयौँको संख्यामा जम्मा गरेका छौँ,’ कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)