मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल टी–२० लिग अन्योल

ekantipur.com · Tue Jan 03 01:23:21 GMT 2023

काठमाडौँ — आयोजकहरू सम्पर्कबाहिर भएपछि नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता मंगलबारदेखि नहुने सम्भावना बढेको छ । ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा टी–२० लिग स्थगितको संघारमा पुगेको छ ।

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)