कांग्रेस नवलपुरको सभापतिमा जीसी सर्वसम्मत
hamrakura.com · Fri Mar 04 00:00:00 GMT 2022
कावासोती । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जीसी सर्वसम्मत भएका छ्न् । शुक्रबार मनोनयन समय सकिनु केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन गर्ने गरी सहमति भएसँगै सभापति पदमा जीसी सर्वसम्मत चयन भएका हुन् ।
जिसी सर्वसम्मत भएको आधिकारिक घोषणा भने हुन बाँकी छ । सभापतिमा सर्वसम्मत भए पनि २ जना उपसभापतिका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन समितिका अनुसार उपसभापतिमा बालकृष्ण घिमिरे, चन्द्रबहादुर राना, धर्म बस्याल, उदय अर्याल, केशव सापकोटा, उपयराज अधिकारी, पूर्णसिंह राना, कपिलदेव भुषालको मनोनयन परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)