मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

ratopati.com · Sat Jun 13 08:24:24 GMT 2026

​काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका छन् । राष्ट्रिय दलित कर्मचारी समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘समावेशीकरणको विद्यमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक परियारले उक्त कुरा बताए ।

​तथ्याङ्कलाई उद्धृत गर्दै उनले भने, ‘यदि आरक्षणको सवाललाई ‘म्युट’गर्ने वा कटौती गर्ने हो भने, हाम्रो समुदायको सहभागिता स्थायी सत्ता र कर्मचारीतन्त्रमा सवा प्रतिशत पनि पुग्दैन। यो नीति निर्माण तहको बडो विडम्बनापूर्ण चित्र हो ।’ उनले हालको व्यवस्थाले देशलाई १०० वर्ष अगाडि बढाए पनि दलित समुदायलाई भने ५०० वर्ष पछाडि पारेको टिप्पणी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)