फिफा विश्वकपमा नोरा फतेहीको धमाकेदार प्रस्तुति
nagariknews.nagariknetwork.com · Sat Jun 13 08:00:44 GMT 2026

फिफा विश्वकप २०२६ को दोस्रो संस्करण शुक्रबारदखि सुरु भएको छ। उक्त उद्घाटन समारोहमा बलिउड मोडेल तथा अभिनेत्री नोरा फतेहीले शानदार प्रस्तुति दिएकी छन्।
खेल सुरु हुनुअघि आयोजित समारोहमा उनले आफ्नो चर्चित गीत ‘सिरी सिरी’ मा नृत्य प्रस्तुत गरेर दर्शकहरूको मन जितिन्।
यस कार्यक्रममा फ्रान्सेली गायक वेजेड्रीम र बांग्लादेश–अमेरिकी डीजे संजय पनि सहभागी थिए। उनीहरूको संयुक्त प्रस्तुति दर्शकमाझ निकै लोकप्रिय बन्यो।
नोरा फतेहीले यस अन्तर्राष्ट्रिय खेलकुद समारोहको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनले आफ्नो इन्स्टाग्राममा रिहर्सल तथा कार्यक्रमका तस्बिर र भिडियोहरू पनि साझा गरेकी छन्, जसलाई प्रशंसकहरूले अत्यन्त रुचाएका छन्। उनको पहिरन र स्टेज प्रस्तुति सामाजिक सञ्जालमा चर्चामा रहेको छ।
नोरा हाल अभिनय, नृत्य र गायन तीनै क्षेत्रमा सक्रिय छिन्। उनले हालै ‘केडी द डेविल’ चलचित्रको एक गीतमा पनि प्रस्तुति दिएकी थिइन्।
समग्रमा फिफा विश्वकप २०२६ को दोस्रो उद्घाटन समारोहमा नोरा फतेहीको प्रस्तुति प्रमुख आकर्षणमध्ये एक बन्यो र उनले आफ्नो ऊर्जा तथा प्रतिभाले दर्शकहरूको मन जितिन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)