अमेरिकी सरकारको ठूलो कदम: एन्थ्रोपिकका अत्याधुनिक एआई मोडलमा विश्वव्यापी पहुँच बन्द
kalakarmi.com · Sat Jun 13 08:24:51 GMT 2026

वासिङ्टन डिसी- अमेरिकाले राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रणलाई आधार बनाउँदै कृत्रिम बौद्धिकता (AI) क्षेत्रमा ठूलो निर्णय लिएको छ । अमेरिकी प्रशासनले प्रमुख एआई कम्पनी एन्थ्रोपिक (Anthropic) का सबैभन्दा उन्नत एआई मोडलहरूमा विदेशी नागरिक, विदेशी कर्मचारी तथा गैर-अमेरिकी संस्थाहरूको पहुँचमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
यस निर्णयपछि कम्पनीले आफ्ना Fable 5 र Mythos 5 नामक अत्याधुनिक एआई मोडलहरूको सेवा तत्काल प्रभावबाट स्थगित गरेको जनाएको छ। यद्यपि कम्पनीले Claude श्रृंखलाका अन्य एआई मोडलहरू भने पूर्ववत् सञ्चालनमा रहने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)