मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभरका प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

abhiyandaily.com

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ सञ्चालन बन्द गरेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदका क्रममा नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडी निसिम थापामगरको दुर्घटनामा परेर निधन भएपछि प्राधिकरणले खेलकुद, मनोरञ्जन तथा व्यावसायिक प्रयोजनका लागि चल्ने सबैखाले प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द गरेको हो ।

थापामगर सराङकोटमा जारी पुरूषतर्फको क्रस कन्ट्री प्याराग्लाइडिङ प्रतिस्पर्धामा भाग लिइरहेका बेला दुर्घटनामा परेका हुन् । प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उनी उडेको केही बेरमै खसेको कास्की प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)