परराष्ट्रमन्त्री खड्का चीन प्रस्थान, को-को छन् भ्रमण टोलीमा? (सूचीसहित)
annapurnapost.com · Tue Aug 09 16:48:00 GMT 2022
काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन गएका हुन्। हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा भ्रमण टोली चीन प्रस्थान गरेको हो।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयक सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)