बजेटबाट के चाहन्छ आईटी क्षेत्र ?
techpana.com · Wed May 28 17:19:41 GMT 2025

अहिले नेपालको आईटी/आईसीटी क्षेत्र एक निर्णायक मोडमा छ । यो क्षेत्रले देशको आर्थिक भविष्य, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय स्तरमा विश्वास आर्जन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर, यो यात्रामा रहेका कानुनी, आर्थिक र प्रशासनिक चुनौतीहरूलाई सम्बोधन गर्न आगामी बजेटमा सरकारको ठोस प्रतिबद्धता देखाउन आवश्यक छ । नेपाल सरकारले सन् २०३५ सम्म १५ लाख रोजगारी सिर्जना गर्ने र ३० खर्बको आईटी सेवा निर्यात गर्ने लक्ष्य कागजमा मात्रै सीमित नहोस् भन्नेमा निजी क्षेत्रको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ लगायतले निरन्तर पहल गरिरहेका छन् । अबको बजेट सामान्य घोषणामा सीमित नभई आईटी उद्योगमा देखिएका व्यावसायिक अनिश्चितता हटाउने, विदेशी लगानी आकर्षित गर्ने, स्टार्टअपहरूलाई संरक्षण गर्ने, नयाँ प्रविधिको प्रयोगलाई बढावा दिने र नागरिकलाई सस्तो तथा गुणस्तरीय प्रविधि सेवा उपलब्ध गराउने ठोस योजनासहित आउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)