सिटिजन बैंकको मोबाइल बैंकिङमार्फत कर्जा सुविधा
abhiyandaily.com
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने ‘पेडे लोन’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकार्यमा ग्राहकलाई यस्तो सुविधा दिन लागेको हो
बिहीबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा आयोजित भर्चुअल कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् । बैंकका प्रवक्ता नारायणराज अधिकारीका अनुसार बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले यस्तो कर्जा अधिकतम ३० दिनसम्मका लागि सहजै प्राप्त गर्न सक्नेछन् । कर्जाका लागि कुनै पनि निवेदन र अन्य कागजात पूरा गर्नुपर्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)