मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै

onlinekhabar.com · Tue Jan 16 01:21:10 GMT 2024

२ माघ, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)