'मैले जे गरेँ, त्यसका कारण हामीले खेल हार्यौं' : डी लिट
pahilopost.com · Sun Jun 27 21:35:20 GMT 2021
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधिको प्रवल दाबेदार मानिएको नेदरल्याण्ड्स अन्तिम १६ को खेलमा चेक रिपब्लिकसँग स्तब्ध हुन पुग्यो। हंगेरीस्थित पुस्कास एरेना स्टेडियममा १० खेलाडीमा समेटिएको नेदरल्याण्ड्स चेक रिपब्लिकसँग २-० स्तब्ध भएको हो।
खेलको ५५ औँ मिनेटमा म्याथियस डी लिटले रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सीमित भयो। पेनाल्टी क्षेत्रबाहिर लडेका उनले बल हातले तानेपछि रेड कार्ड खाएका थिए। त्यसपनि भने नेदरल्याण्ड्स झनै दबाबमा पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)