अवैध ओसार–पसारमा संलग्न सवारी नियन्त्रणमा
gorkhapatraonline.com · Sat Jun 13 08:41:08 GMT 2026

नवलपुर प्रहरीले नदीजन्य पदार्थको अवैध ओसार–पसारमा संलग्न चारवटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार विनयी त्रिवेणी गाउँपालिका –२ ज्यामिरे क्षेत्रबाट लु २ ख ५०९३ र लु २ ख ६०२० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । मध्यविन्दु नगरपालिका –१० बाट प्र ३–००१ ख ०२५८ र लु २ ख ३५२७ नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)