शर्माकै बाटोमा महत, करको दरमा कैफियत
farakdhar.com · Mon Jun 05 16:30:40 GMT 2023
अघिल्लो वर्ष बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अमूक व्यापारिक घरानाको स्वार्थमा करका दरपरिवर्तन गरेको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लाग्यो । सो विषयमा विवाद बढ्दै गएपछि संसदीय छानबिन समिति नै गठन गरियो । संसदीय छानबिनलाई सजिलो पार्न शर्माले अर्थमन्त्री पदबाट राजीनामा नै गरे ।
संसदीय समितिले छानबिनका क्रममा सो प्रकरणसँग सम्बन्धित सिसी फुटेज फेला पार्न सकेन । अन्ततः समितिले शर्मालाई ‘क्लिन चिट’ दियो । शर्मा पुनः अर्थमन्त्रीमा फर्किए । शर्मामाथि छानबिन चलिरहेकै बेला बहालवाला गभर्नर महाप्रसाद अधिकारीको नाम ‘एम अधिकारी’का नाममा एमालेको एउटा कमिटीमा आएपछि सो विषयमा पनि ठूलै खैलाबैला भएको थियो । माओवादी र एमालेबीच एम अधिकारी र सिसी टिभी फुटेजमा ‘तैँ चुप मै चुप’को सहमति भएको त्यसबेला चर्चा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)