रवि लामिछानेको नाममा २ करोड ऋण स्वीकृत, जीबी राईले कति लगे ?
lokaantar.com

रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाममा बुटवलस्थित सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ ऋण स्वीकृत भएको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सोमबार रुपन्देही अदालतमा दायर मुद्दाको अभियोगपत्रमा लामिछानेको नाममा २ करोड कर्जा स्वीकृत भएको उल्लेख गरिएको हो । तर उनीविरुद्ध मुद्दा चलाइएको छैन ।
लामिछानेको नामको ऋणमा सेवा शुल्क कटाएर गोरखा मिडिया नेटवर्कको खातामा १ करोड ९६ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । सो रकम कुनै प्रक्रिया पुरा नगरी रविलाई दिइएको अभियोगपत्रमा उल्लेख छ । सो रकमको भौचर सदर सागर केसी र बैंकमा जम्मा रोशनी गुरुङले गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)