मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

औद्योगिक शृंखला भत्किएर उद्योगहरू चरम संकटमा

nayapatrikadaily.com · Tue Nov 08 00:47:00 GMT 2022

आर्थिक मन्दीका कारण उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन् । औद्योगिक व्यवसायको शृंखला भत्किएर माग नै कम हुन थालेपछि उद्योगहरूले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरेका हुन् । बजारमा औद्योगिक वस्तुको माग घटेको, माग भएका उद्योगसँग चालू पुँजी नभएको र बैंकको चर्को ब्याजदरले लागत बढाएको भन्दै उद्योगहरूले क्षमताको २५ देखि ३५ प्रतिशत मात्रै उत्पादन गरिरहेको व्यवसायीहरूले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अहिले उद्योगहरूले चरम आर्थिक संकट भोगिरहेको बताए । ‘एकातर्फ उद्योग चलाउन चालू पुँजी छैन, अर्कातर्फ पुरानो ऋणको ब्याज अस्वाभाविक बढेको छ,’ उनले भने, ‘चालू पुँजी नहुँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।’ घरेलु तथा साना उद्योगहरूले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरिसकेको उनले जानकारी दिए । ‘कतिपय बन्द हुने अवस्थामा पुगिसकेको छ, मुख्य कुरा उद्योगीको मनोबल गिरेको छ, यो गम्भीर विषय हो,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)