मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इन्धनको मूल्य घट्दा पनि व्यापारीको अटेरी

ekantipur.com · Sat Jul 02 00:53:29 GMT 2022

काठमाडौँ — इन्धनको मूल्य बढ्दा तत्काल सामानको भाउ बढाएका व्यवसायीले मूल्य घट्दा भने घटाउन चासो देखाएका छैनन् । सरकारले १९९ रुपैयाँ प्रतिलिटर पुगेको पेट्रोलमा २० रुपैयाँ र १९२ रुपैयाँ प्रतिलिटर पुगेको डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको एक सातासम्म अन्य वस्तुको बजारभाउ भने उस्तै छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत शनिबार इन्धनको मूल्य घटाएको जानकारी दिँदै बढिरहेको बजारभाउ पनि घट्ने बताएका थिए । बजार अनुगमन प्रभावकारी र परिमाणमुखी बनाउने उनको दाबी थियो । ‘इन्धनमा लाग्दै आएको कर घटेपछि मूल्य स्वत: घटिहाल्छ । यसले जनताले भोग्नुपरेका समस्यामा केही राहत मिल्छ,’ उनले भनेका थिए, ‘आपूर्ति र गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारसँग मिलेर अनुगमनलाई व्यापक बनाई मूल्य नियन्त्रणमा लाग्छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)