प्रधानमन्त्रीको दोहा भ्रमण रोकियो
baahrakhari.com · Sun Feb 26 16:39:00 GMT 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण स्थगित भएको छ । उनी अतिकम विकसित मुलुकहरू (एलडीसीज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो ।
मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण स्थगित भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)