मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिरामीको मृत्युपछि आफन्तद्वारा चिकित्सकमाथि दुर्व्यवहार, भेरी अस्पतालमा तनाव

deshsanchar.com · Fri May 28 00:26:43 GMT 2021

नेपालगञ्ज – दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल, नेपालगञ्जमा आफन्तहरुले चिकित्सकलाई दुर्व्यवहार गरेका छन्। घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ।

जेठ ४ गते भेरीमा भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए। उनको मृत्यु भयो। मृतकका छोरा र भाइहरुले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदिक्षा गैरैमाथि हातपात गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)