मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियामा

karobardaily.com · Fri Apr 01 00:34:21 GMT 2022

रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा परेको छ । द्वन्द्वका कारण विगत ६ वर्षदेखि रुसमा हुँदै आएको नेपाली चियाको बजारमा ‘ब्रेक’ लागेको हो । नेपालबाट प्रत्येक वर्ष ३ लाख किलो अर्थोडक्स चिया रुस निर्यात हुँदै आएको थियो । तर द्वन्द्वका कारण नेपाली चियाको बजार भारत र खाडी मुलुकमा सीमित बन्ने भएको छ ।

झापाको नेचर हिमालय चिया उद्योगले रुसमा अर्थोडक्स चियाको बजार स्थापित गरेको थियो । उद्योगले इलामको अन्तु, साखेजुङका चिया उद्योगबाट समेत चिया खरिद गरी रुस पु¥याउँदै आएको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डा. एकनारायण चापागाईँले बताए । यी उद्योगबाट प्रत्येक वर्ष १० करोड रुपैयाँ बराबरको चिया रुस निर्यात हुँदै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)