अर्थमन्त्री ‘ब्रिफिङ’ लिन पुगे भन्सार विभाग
onlinekhabar.com · Mon Mar 30 13:09:40 GMT 2026

१६ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘ब्रिफिङ’ लिन भन्सार विभाग पुगेका छन् ।
सोमबार भन्सार विभाग पुगेर उनले अनुगमन तथा ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ । सोही क्रममा उनले विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए ।
राजस्व संकलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने उनले बताए । राजस्व संकलन बढाएर सरकारको बृहत समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उनले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको जानकारी दिए ।
सोही क्रममा उनले विभागमा रहेको भन्सार ल्याब पनि अनुगमन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)