सरकारको नेतृत्व लिन कांग्रेस अग्रसर, माग्यो प्रधानमन्त्रीको राजीनामा
makalukhabar.com · Sat Apr 03 00:46:37 GMT 2021
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकले ओलीको राजीनामा माग्ने निर्णय गरेको हो ।
शुक्रबारको बैठकबाट प्रतिगामी कदम चालेका ओलीलाई सत्ताबाट हटाएर आफैं सरकारको नेतृत्व गर्ने निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘अब कांग्रेसले राजीनामा माग्ने निर्णय गरेको छ । कांग्रेसलाई यसअघि माओवादी प्रधानमन्त्री हुनुपर्छ भनेको थियो,’ उनले भने, ‘तर हाम्रा सभापति भने प्रधानमन्त्री हुने हतारोमा हुनुहुन्न । कांग्रेसले प्रधानमन्त्री बन्न हतारो नगर्ने भनेको थियो । तर अब हामीले राजीनामा मागिसकेपछि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)