के हो हुम्ला–बाजुरा सीमा विवाद, किन भयो झडप ?
baahrakhari.com · Wed May 20 13:27:00 GMT 2026

सुर्खेत । हुम्लाको खार्पूनाथ गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको सीमा विवादका कारण स्थानीयबीच झडप हुँदा ६ जना घाइते भए । लगातार तीन दिनसम्म भएको सीमा विवादले उग्ररुप लिँदा उक्त विवाद मंगलबार झडपमा परिणत भएको थियो ।
उक्त झडपमा परेर बाजुराको हिमाली गाउँपालिका–३ का वडासदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, सोही गाउँपालिकाकी २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी, हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र ५० वर्षीया नरबहादुर गुरुङ घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)