दललाई आचारसंहितामा कस्दै आयोग
annapurnapost.com · Tue Oct 18 01:20:00 GMT 2022
काठमाडौं : आचारसंहिताको उल्लंघन बढ्न थालेपछि उम्मेदवारको मनोनयन नै खारेज गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले तोकिएको आचारसंहिता नमानेपछि आयोग झनै कडा बनेको हो ।
मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १८ गतेबाट मात्रै चुनाव प्रचारप्रसारका लागि गतिविधि गर्न पाउने आचारसंहितामा उल्लेख छ । तर, दल र उम्मेदवारहरूले त्यसको अटेर गर्दै चुनावी प्रचारप्रसारको गतिविधि गर्न थालेको निर्वाचन आयुक्त तथा आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)