मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाहालले चितवन छाडेर किन रोजे गोरखा ?

ekantipur.com · Sat Oct 08 01:49:17 GMT 2022

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवन छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन् । हालै चितवन–३ मा नयाँ घर बनाएर त्यहींबाट चुनाव उठ्ने तयारी गरेका दाहालले शुक्रबार गोरखा–२ बाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेका हुन् ।

चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने बताउँदै आएका दाहालको यो निर्णयले चितवनका माओवादी कार्यकर्ताले कालो दिनको संज्ञा दिएका छन् । दाहालकी स्वकीय सचिवसमेत रहेकी चितवनकी नेत्री निशा न्यौपानेले यो निर्णयलाई ‘चितवनको कालो दिन’ भनेकी छन् । दाहालपुत्री एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले यो निर्णयलाई चितवनवासीका लागि दुर्भाग्य भनेकी छन् । ‘दुःखद चितवनवासीका लागि दुर्भाग्य,’ उनले फेसबुकमा लेखेकी छन्, ‘स्तब्ध, भित्री–बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)