अरू काम अवरुद्ध, सरुवा फटाफट
ekantipur.com · Mon Mar 27 00:51:38 GMT 2023
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालेका १६ मन्त्रालयमा एक महिनायता सुनसानप्रायः छन् । कर्मचारी सामान्य दैनिक प्रशासनिक काम चलाएर बसिरहेका छन् । विभागीय मन्त्री नभएर मन्त्रालयको कामकारबाही अवरुद्ध भएका बेला एउटा काम भने फटाफट भइरहेको छ, त्यो हो– कर्मचारी सरुवा ।
प्रधानमन्त्रीले सम्हालेको गृह मन्त्रालयले शुक्रबार मात्रै राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सहित २५ जना अधिकारीको सरुवा गरेको छ । सहसचिव दरबन्दी भएका १० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख वासुदेव घिमिरेलाई पाँच महिनामै गृहमा फिर्ता बोलाइएको छ । दाहालकै जिम्मेवारीमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । विभागमा गएको साढे पाँच महिनामै उनको सरुवा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)