गृहमन्त्रीमाथि प्रतिपक्षीहरूको कपटपूर्ण प्रहार
barnanmedia.com · Wed May 28 22:27:57 GMT 2025

यतिखेर माओवादी, रास्वपालगायत विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहलाई सघाएको आरोपमा उनीमातहतका केही कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएपछि त्यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिएर राजीनामा दिनुपर्ने माग विपक्षीहरुले गरेका छन् । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन नै चल्न नदिने अडान राख्दै उनीहरुले लगातार दुई दिन सदन ठप्प पारिसके । अझै कति दिन यो रवैया अपनाउने हुन् भन्ने यकिन छैन ।
अहिले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्छ भन्नेहरु हिजो आफै मन्त्री छँदा आफ्नै प्रत्यक्ष संलग्नताका विवरणहरु सार्वजनिक हुँदा तर्केर हिँडिरहेका थिए । अहिले तिनीहरु नै नैतिकताको पाठ सिकाइरहेका छन् । विगतमा अख्तियारले कुनै कारबाही गर्दा आफैले फाइल खोलेको भनेर प्रचार गर्थे उनीहरु । खुसीले नाच्थे र आफ्नो कार्यसम्पादन मूल्यांकन आफै गरेर मुख फुलाउँथे । हिजो आफू सरकारमा छँदा अख्तियारले कुनै काम गर्दा नाक फुलाउनेहरु अहिले अख्तियारले त्यही काम गर्दा मन्त्रीको राजीनामा माग्न पुग्नु बडो अनौठो देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)