मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकमा पक्राउ

baahrakhari.com · Sat Jun 13 09:06:22 GMT 2026

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका दोलखाको शैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनील श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९, मुढेबाट पक्राउ गरेको हो । डाँकाचोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय