कर्णाली सरकारले कोरोना नियन्त्रण तथा उपचारमा खटिएकाहरुको लागि उपलब्ध गरायो जोखिम भत्ता
pahilopost.com · Mon Jul 12 17:24:06 GMT 2021
सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारमा खटिएकाहरुलाई जोखिम भत्ता उपलब्ध गराएको छ। यसअघिको मन्त्रिपरिषद्को निर्णय अनुसार महामारी नियन्त्रण र उपचारमा खटिने व्यक्तिलाई खाईपाई आएको तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको हो।
यसअघि सरकारले निर्णय गरेर आश्वासन मात्रै दिएको भन्दै स्वास्थ्यकर्मी असन्तुष्ट बनेका थिए। पछिल्लो समय प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाईकर्मी, एम्बुलेन्स र शवबाहन चालकलाई ५० प्रतिशतका दरले जोखिम भत्ता उपलब्ध गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)