उत्तर कोरियाले पैसा चोर्न आईटी कामदार खटाउँदै !
baahrakhari.com · Tue May 17 18:06:00 GMT 2022
वासिङटन । अमेरिकाले उत्तर कोरियाको सूचना प्रविधि (आईटी) का कामदारहरू प्योङयाङका लागि पैसा चोर्ने उद्देश्यले आफ्नो वास्तविक परिचय लुकाएर विकट क्षेत्रबाट काम गर्ने जागिर पाउने प्रयास गरिरहेको दाबी गरेको छ ।
अमेरिकाका तीनवटा एजेन्सीले उनीहरूमध्ये अधिकांशले आफूहरू एसियाका अन्य भागका भएको बहाना गर्ने गरेको जनाएका छन् । उनीहरूमाथि उत्तर कोरियाको आणविक हातहतियार कार्यक्रमलाई आर्थिक सहयोग पुर्याउन यस्तो काममा लागिरहेको आरोप लगाइएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्तधीलाई उल्लंघन गर्दै उत्तर कोरिया अझै यस कार्यक्रममा सरिक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)