मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘प्रदेश र विभागलाई रकम निकासा’

ekantipur.com · Fri Aug 26 00:53:33 GMT 2022

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनएआरएनए) सहितका चार विभागलाई टिम तयारीका लागि रकम निकासा गर्न स्वीकृति दिइएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

बृहत् खेलकुद सुरु हुन ५० दिन बाँकी रहेको अवस्थामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषदका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि रातो किताब (बजेट २०७९–८०) मा १० लाख रुपैयाँमात्रै लेखिएको भए पनि सरकारले ६० करोड विनियोजन गरेको छ । हामीले तीन चरणमा बजेट माग गरेकामा पहिलो चरणमा १० करोड निकासा भइसकेको छ । दोस्रो चरणमा २३ करोड र त्यसपछि २७ करोड आउनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)