‘बेथिति’ विभाग : ५४ कर्मचारीलाई ८२ सवारीसाधन
nayapatrikadaily.com · Fri Jun 24 00:37:00 GMT 2022
सरकारले सार्वजनिक खर्च कटौती गर्न जारी गरेको निर्देशिकामा सहसचिवसम्मलाई मात्र गाडी सुविधाको व्यवस्था छ, तर सिंहदरबार छेवैको वन विभागलाई त्यसको वास्तै छैन, ५४ कर्मचारी रहेको कार्यालयमा ८२ सवारीसाधन छन्, महानिर्देशक दुईवटा गाडी प्रयोग गर्छन्, उपसचिव पनि सरकारी गाडी चढ्छन्
सार्वजनिक खर्च कटौतीका लागि सरकारले जारी गरेको कार्यसञ्चालन निर्देशिका, २०७५ अनुसार मन्त्री, संवैधानिक पदाधिकारी, सचिव, विशिष्ट श्रेणी र सहसचिवले मात्र गाडी सुविधा पाउँछन् । तर, सिंहदरबार छेउकै बबरमहलस्थित वन तथा भूसंरक्षण विभागलाई भने निर्देशिकाले छोएको छैन । महानिर्देशक डा. राजेन्द्र केसी दुईवटा गाडी प्रयोग गर्छन्, उपसचिव पनि सरकारी गाडी चढ्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)